
७ असोज, झापा । फाल्गुनन्द साकोसको अध्यक्ष र सचिवका लागि भएको निर्वाचनको अन्तिम परिणम सार्वजनिक भएको छ ।
अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा संकल्प लिङदेनले ६१८ मत ल्याउदै विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दि महेन्द्र चाम्लिङले २६३ मात्र मत ल्याउनुभएको छ । त्यस्तै सचिवमा देशराज नेम्वाङ ६०२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्धन्दि जित बहादुर लिम्बुले भने २९२ मात्र मत ल्याउनुभएको छ ।
निर्वाचन प्रमुख चुडामणि ओझाका अनुसार साकोसको कुल १६४८ सदस्य रहेकोमा जम्मा ९७४ मत मात्र खसेको थियो । त्यसमा ६३ मत बदर भएको थियो ।
अध्यक्ष र सचिवका लागि अन्तिम समयसम्म पनि सहमती हुन नसकेपछि निर्वाचन भएको हो । साकोस संञ्चालक समितीको अन्य पदाधीकारीहरु भने सर्वसम्मत रुपमा चयन गरिएको छ । समितीको उपाध्यक्षमा दिलिप जबेगु, फुल कुमारी आङदेम्बे, कोषाध्यक्षमा इक्सा सम्बाम्फे, सदस्यहरुमा गुमानसिह सम्बाहाम्फे, कमला योङहाङ, खड्क राई, मन कुमारी पन्धाक निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै संञ्चालक समितीको लेखा संयोजकमा लिला तुम्वापो, सदस्यहरुमा वीरबहादुर लावती, शक्ति साम्बा चयन हुनुभएको छ । निर्वाचन सदस्यहरुमा नर बहादुर लिम्बु र ओम माया आङ्लेम्बे चयन हुनुभएको निर्वाचन प्रमुख चुडामणि ओझाले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७