स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै डा. केसीद्धारा अनशन थाल्ने घोषणा

२२ श्रावण, काठमाण्डौँ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग राख्दै अनशन थाल्ने घोषणा गर्नुभएको छ । उहाँले आगामी भाद्र ३ गतेबाट अनशन सुरु गर्ने घोषणा गर्नुभएको हो । आज एक विज्ञप्ती जारी गर्दै डा. केसीले यस्तो घोषणा गर्नुभएको हो । त्यस्तै, यसअघि सरकारसँग भएका सहमति तथा सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ । डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सार्वजनिक..

निर्वाचन आयोगद्धारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

१९ श्रावण, काठमाण्डौँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती राजनीतिक दलहरु खारेज भएका हुन् । आयोगको आज बसेको बैठकले यही श्रावण २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगमा एक सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब..

इलाम हङ्कङ समाजद्धारा माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

२ श्रावण, इलाम । इलाम हङ्कङ समाजले आज माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । हङ्कङमा बस्ने इलामबासीहरुले माङ्सेवुङका लागि २० थान थर्मलगन र २० थान अक्सोमिटर गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले इलाम हङ्कङ समाजले उक्त स्वास्थ्य सामाग्री वितरण गरेको समाजका पुर्व सचिव शिशिर राईले बताउनुभयो । कोरोना संक्रमितको उपचारमा यस स्वास्थ्य सामाग्रीले थप सहजता हुने भन्दै इलाम..

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

१ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री देउवा आज विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आउनुभएके थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।  

मोटरसाइकल दुर्घटनामा परी माङ्सेवुङ ४ का वडासदस्यको मृत्यु

३० असार, इलाम । मोटरसाइकल दुर्घटनामा परी इलामको माङ्सेवुङ गाउँपालिकाका एक वडासदस्यको मृत्यु भएको छ । हिजो साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् । आफैँले चलाएको मे ८ प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दमक रवि सडकखण्डको सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा..

ओलीको गृह नगर दमकमा चोलेन्द्र शमशेरको पुत्ला जलाईयो

२९ असार, झापा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा प्रधानन्यायधिश चोलेन्द्र शमशेरको पुत्ला दहन गरिएको छ । सर्वोच्च अदालतको असार २८ गतेको फैसलाको विरोध गर्दे नेकपा एमालेका कार्यकर्ताहरुले दमकको मुख्य चौकमा प्रधानन्यायधिश शमशेरको पुत्ला जलाएका हुन् । उनीहरुले चोलेन्द्र शमशेर मुर्दावाद, सर्वोच्चको फसैला खारेज गर, केपी ओली जिन्दावाद भन्दै नारावाजी गरेका थिए । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी झापा र युवा संघ नेपाल झापाको..

नवनियुक्त प्रधानमन्त्री देउवाद्धारा ४ सदस्य मन्त्रिपरिषद् गठन

२९ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ । नवनियुक्त चारैजना मन्त्रीले आज नै पद तथा..

राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ

२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुने

२९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो दुई बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले सर्वाेच्च अदालतले हिजो गरेको फैसला पछिको लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्रीको सम्बोधन गर्नुहुने भएसँगै आज..

इलाममा प्रधानन्यायाधीशको पुत्ला दहन

२८ असार, इलाम । सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा आज प्रर्दशन भएको छ । सर्वाेच्च अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले विरोध प्रर्दशन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेका छन् । नेकपा एमाले इलामको पार्टी कार्यलयवाट सुरुको युवा विद्यार्थीको प्रर्दशनले चोक वजारमा आएर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पछि भएको कोणसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य..