राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय

९ असार, काठमाण्डौँ । सरकारले मुलुकको आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान संञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान संञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्काे आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा..

के हो स्मार्ट लकडाउन ?

५ असार, काठमाण्डौँ । ‘स्मार्ट’ शब्द पछिल्लो समय सूचना–प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना–प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ? सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अथ्र्याउँनुहुन्छ । भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट..

झापामा निषेधाज्ञा सहज, जनजीवन सामान्य बन्दै

५ असार, झापा । झापामा कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको झापामा पनि निषेधाज्ञा खुकुलो बन्दै गएको हो । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि..

गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच भेटवार्ता

४ असार, काठमाण्डौँ । गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका बिषयमा छलफल भएको छ । गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको हो । राष्ट्रपतिको निमन्त्रणमा गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी आज शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको..

सर्वाेच्चलाई राष्ट्रपति र प्रधानमन्त्रीको जवाफ ‘न्यायपालिकाले प्रधानमन्त्री नियुक्ति गर्न मिल्दैन’

३ असार, काठमाण्डौँ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च सर्वाेच्च अदालतलाई प्रतिनिधि सभा विघटनसम्बन्धी लिखित जवाफ पेश गर्नुभएको छ । सारमा दुवैको जवाफ उस्तै खालको देखिन्छ । जसमा प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको जिकिर गरिएको छ । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाउँदा पाँचौं बुँदामा स्पष्टसँग ‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन’ भन्नुभएको छ । जवाफमा भनिएको छ, ‘अदालत आफैले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका..

नवलपरासीको बौदीखोलामा निर्माणाधिन पुल बगायो

३ असार, नवलपरासी । अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलाको निर्माणाधिन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाखको लागतमा निर्माण..

नेपाली कांग्रेसका नेता खड्काद्धारा चुलाचुलीमा निशुल्क एम्बुलेन्स सेवा

३ असार, इलाम । नेपाली कांग्रेस युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालीकामा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गर्नुभएको छ । कोभिड १९ संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उहाँले यो सेवा सन्चालनमा ल्याउनुभएको हो । खड्काले चुलाचुलिमा एम्बुलेन्स आवश्यकता रहेको खबर पाएसँगै नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्यसमितिको मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी विरामी बोक्ने प्रयोजनका लागि प्रदान गर्नुभएको हो । उहाँले..

अविरल वर्षापछिको भयानक बाढीले मेलम्ची बजार बगरमा परिणत

२ असार, सिन्धुपाल्चोक । अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको भिषण बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका छ । यस्तै बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । हिजो साँझदेखिको बाढीपछि..

दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’

२ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको छ । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गर्नुभएको हो । आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो । प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा..

झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा

१ असार, काठमाण्डौँ । झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठूला नदीहरु रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षायाममा बाढी आउँदा यी नदीबाट विगतमा..