मोहन वैद्यको स्वास्थ्यजानकारी लिन गृहमन्त्री खाण अस्पतालमा

मोहन वैद्यको स्वास्थ्यजानकारी लिन गृहमन्त्री खाण अस्पतालमा


२ कार्तिक, काठमाण्डौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण अस्पताल पुग्नुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो ।

सो क्रममा मन्त्री खाणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गर्नुभयो ।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना हुनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर