विर्तामोडबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जना पक्राउ

१२ असोज, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । आज बिर्तामोड नगरपालिका–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले एक सय ४६ ग्राम ब्राउनसुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामत गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित..

फाल्गुनन्द साकोसको अध्यक्षमा लिङदेन र सचिवमा नेम्वाङ निर्वाचित

७ असोज, झापा । फाल्गुनन्द साकोसको अध्यक्ष र सचिवका लागि भएको निर्वाचनको अन्तिम परिणम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा संकल्प लिङदेनले ६१८ मत ल्याउदै विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दि महेन्द्र चाम्लिङले २६३ मात्र मत ल्याउनुभएको छ । त्यस्तै सचिवमा देशराज नेम्वाङ ६०२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्धन्दि जित बहादुर लिम्बुले भने २९२ मात्र मत ल्याउनुभएको छ । निर्वाचन प्रमुख चुडामणि ओझाका अनुसार साकोसको..

कांग्रेस दमक ७ को सभापतिमा युवा नेता राई सर्वोसम्मत

२० भाद्र, झापा । नेपाली कांग्रेस दमक नगरपालिका वडा नं. ७ को सभापतिमा युवा नेता अतित राई मनोनित हुनुभएको छ । हिजो शनिवार सम्पन्न वडा अधिवेशनले युवा नेता राईलाई सर्वसम्मतीले चयन गरेको हो । नेता राई यसअघि वडाको सचिव हुनुहुन्थ्यो । उहाँले नेपाल विद्यार्थी संघ (नेवि संघ) झापाको सदस्य साथै नेवि संघ दमक क्याम्पस समितीको सभापतीको जिम्मेवारी समेत सम्हालीरहनु भएकोछ । यस्तै कांग्रेस वडा समितीको उपसभापतिमा गंगा मगर र मिलन..

फोहोर ब्यवस्थापन केन्द्र नहुँदा विर्तामोडको फोहोर सडकमै

१३ भाद्र, झापा । झापाको बिर्तामोड नगरपालिकामा फोहोर उठ्न छाडेको छ । नगरपालिकामा फोहोर ब्यवस्थापन केन्द्र नहुँदा फोहोर उठाउने ठेक्का पाएको निराकार सरसफाई सेवा प्रालिले भएर फोहोर उठाउन छाडेको हो । फोहोर उठाउन छोडेपछि चोक–चोक फोहोर थुप्रिन थालेको छ । भदौरै झरीका कारण फोहोर बगाएर बिर्तामोड झनै हाल वेहाल भइरहेको छ । केहि महिनाअघि मात्रै फोहोर उठाउने सम्झौता गरेको निराकारले फोहोर उठाउन छोडेपछि शुल्क तिरेकाहरु समस्यामा परेका छन् । शुल्क..

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकः अथाह घरजग्गा, किलोमा सुनचाँदी

९ भाद्र, कास्की । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेशसभा मन्त्री विन्दुकमार थापा देखिनुभएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा..

झापाको कन्काईमा एक परिवारले गरे समुहिक आत्महत्या

७ भाद्र, झापा । झापाको कनकाई नगरपालिका १ स्थित सुरुङ्गाका कोरोनाबाट संक्रमित एक परिवारले नै झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–१ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना विक आफ्नै घरमा झुण्डिएर आज भेटिएको हो । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना संक्रमित..

अफगानिस्तानबाट ५२२ जना नेपाली स्वदेश आईपुगे

५ भाद्र, काठमाण्डौँ । अफगानिस्तानबाट हालसम्म उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भाद्र १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिनुभयो..

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

१ भाद्र, झापा । झापामा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । प्रहरीको विवरण अनुसार झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आ.व. २०७७/७८ मा ६५७ सवारी दुर्घटना भएको छ । यो..

फाल्गुनन्द मार्ग निर्माणमा ढिलासुस्ती, स्थानिय दुर्घटनाको सिकार बन्दै

३० श्रावण, झापा । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने दमक चिसापानी पञ्चमी (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । ठाउँ–ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन । निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । दमकदेखि रविसम्मको ४४ किलोमिटर सडकमध्ये पहिलो चरणको ६ दशमलब २ किलोमिटर सडक कालोपत्रे गर्न काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले २० करोड रूपैयाँमा..

‘गगंटे सरकार’ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्धारा राजिनामा

२७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा देखि गठबन्धनका नेताहरुलाई गाली गरेर चर्चामा आएका गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको हो । भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष रेल्वे कम्पनीमा महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा राजीनामा पत्र बुझाउनुभएको छ । सरकारले भट्टराईसँग स्पष्टिकरण सोधेको थियो । उहाँमाथि पदीय आचरण विपरित..