२ कार्तिक, झापा । लगातारको अविरल वर्षाका कारण धान खेतमै डुबेपछि तराईका किसानहरु चिन्तित बनेका छन् । झापा, मोरङ, सुनसरी सहित तराई जिल्लाका किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ ।
झापा सहितका तराई जिल्लाहरुमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ ।