भारतले पेट्रोल कम पठाउन थालेपछि पूर्वमा पेट्रोलको हाहाकार

भारतले पेट्रोल कम पठाउन थालेपछि पूर्वमा पेट्रोलको हाहाकार


१ कार्तिक, झापा । । झापामा दुई दिन देखि पेट्रोलको हाहाकार भएको छ । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो ।

इन्डियन आयल कर्पाेरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ । तर भारतको सिलिगुडी डिपोले शनिवार डेढसय किलोलिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताउनुभयो ।

‘भारतबाटै चाहिएजति पेट्रोल नेपाल आएको छैन । हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ ।’ उहाँले भन्नुभयो । दशैं लागेलगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । पेट्रोल नहुदाँ कतिपय व्यापारीहरुले लुकिछिपी कालोवजारी समेत गर्न थालेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर