महाधिवेशन गर्न अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने कांग्रेसको निर्णय

महाधिवेशन गर्न अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने कांग्रेसको निर्णय


२ माघ, फाल्गुन । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको बताईएको छ ।

योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर