इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो


२१ माघ, काठमाण्डौँ । आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।

संघले पुरानो भाडादरमा १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो ।

बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौं–विराटनगर २४०, काठमाडौं–पोखरा १६०, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–भद्रपुर, काठमाडौं–भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर