एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन


४ माघ, फाल्गुन । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

आज बस्ने संसद बैठकलाई लक्षित गरे प्रदर्शन गरिएको हो । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।

विरोध प्रर्दशनमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता र भ्रातृ संगठनको एमसीसीविरुद्धको प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।

माओवादी संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर