राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको जित

राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको जित


१२ माघ, काठमाण्डौँ । राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले जित हासिल गरको छ । ‘क्लीन स्वीप’ गर्नबाट भने एमालेले रोकेको छ ।

अन्तिम परिणाम अनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठवन्धनमा आवद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको हो । यस प्रदेशमा पनि गणितीय हिसाबले गठवन्धन नै बलियो थियो । त्यही भएर गठवन्धनका नेताहरु क्लीन स्वीपको दावी गरिरहेका थिए । गठवन्धनको सो दावीलाइ फेल खुवाएको भन्दै एमाले पंति खुशी बनेको छ । साथै, शेर्पाको विजयले राष्ट्रियसभामा एमालेलाई नै ठूलो पार्टीका रुपमा कायम राखेको छ ।

आजको चुनावअघि राष्ट्रिय सभामा २३ सिटसहित सबैभन्दा ठूलो दल थियो । चुनावबाट ७ सिट गुमाए पनि एक जितका कारण एमाले ठूलो दल बनिरहन सफल भएको हो । एमालेसँग राष्ट्रियसभा अध्यक्षसहित १६ सांसद छन् ।

एमालेपछि माओवादी केन्द्र ठूलो दल माओवादी बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीका ४ सिट रिक्त रहेकोमा गठवन्धनको भागबण्डाबाट एक सिट थपेको छ । अब माओवादीको राष्ट्रियसभामा १५ सिट रहने छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ । चुनावअघि ७ सिटमा मात्रै सीमित रहेको कांग्रेसले चार सिट थप्दै तेस्रो ठूलो दल बनेको हो । कांग्रेसका तीन सिट रिक्त रहेका थिए । गठबन्धनमा ६ सिट पाएको कांग्रेसले तीन सिट थपेपछि १० सिट पुर्याएको छ ।

यस्तै, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । चुनावअघि ७ सिटमा रहेको नेकपा एसका ४ सदस्य रिक्त रहेका थिए । गठबन्धनमा नेकपा एसले ५ सिट पाएको थियो । नेकपा एस एक सिट थप्न सफल भएको हो । अब ८ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।

एक सिट रहेको जनता समाजवादीले गठवन्धनमा २ सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा एमालेका शेर्पासँग पराजित भएपछि जसपाले सम्भावित एक सिट गुमाएको हो । अब राष्ट्रियसभामा जसपाका दुई सांसद भएका छन् ।

प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् ।

राष्ट्रियसभामा लोकतान्त्रिक समाजवादीको पनि एक सिट रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर