लोसपा फुटको नजिकः वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउदै

लोसपा फुटको नजिकः वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउदै


२१ माघ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) फुट्ने करिव निश्चित भएको छ । मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने भएका हुन् ।

लोसपाको संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्युँत्याउन लागेका हुन् । लालले विभिन्न जिल्लाका नेताहरुसँग यस विषयमा सम्पर्क र छलफल भइरहेको बताएका छन् ।

‘लोकतान्त्रिक रुपमा सञ्चालन गर्ने, आन्तरिक लोकतन्त्रको मजबुत भएको र संस्थागत निर्णय हुने पार्टी बनाउन खोजेका हौं’ लालले भने, ‘यस विषयमा तराई मधेसका विभिन्न जिल्लाका साथीहरुसँग छलफल गरिरहेका छौं ।’

लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको बताएका छन् । ‘अहिले यस क्षेत्रमा मौसम त्यही अनुकूल छैन । त्यसैले जिल्ला भेलाहरु आयोजना गर्न सकेका छैनौं तर विभिन्न माध्यमहरुको प्रयोग गरेर सरसल्लाहमा रहेका छौं’ लालले भने ।

लाल निकटका नेताहरु फागुनभित्र नयाँ दलले आकार लिइसक्ने बताउँछन् । लालको यो अभियानलाई संविधानसभाका सदस्य विजयकुमार सिंहले साथ दिँदै आएका छन् । जनकपुर नगरपालिकाका पूर्व मेयर लाल मधेस आन्दोलनपछि नेपाली कांग्रेस छाडेका ठाकुरलाई तमलोपा गठन गर्नका लागि महत्वपूर्ण सहयोग गरेका थिए ।

नेता लालले मधेस आन्दोलनले उठाएको विषयलाई अहिलेको मधेसवादी दलका नेतृत्वले सही रुपमा अघि बढाउन नसक्ने दाबी गर्दै आएका छन् । उनले अहिलेका मधेसवादी दलहरुले संघीयतालाई सफल बनाउन नसक्ने धारणा राख्दै आएका छन् । जनकपुरमै बसेर राजनीति गर्दै आएका लालले लामो समयदेखि सानो समूहले नभई पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।

त्यसैगरी लालले वामपन्थी दलको गठबन्धनमा मधेसवादी दलको सहभागितालाई रुचाएका थिएनन् । विभिन्न जिल्लाका नेताहरुसँग छलफलमा उनले मधेसका जनताहरु लोकतान्त्रिक रहेको तर मधेसवादी दल र नेताहरुले जबरजस्ती वामपन्थी बनाउन खोजेको आरोप लगाउने गरेका छन् ।

लालले मधेस आन्दोलनका माग र प्राप्त उपलब्धीलाई अहिलेका मधेसवादी दलहरुले तोडमोड गरेको र नयाँ नेतृत्वलाई अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् । तमलोपा अघि बढाउन नेताहरुले आन्दोलन विकास गरेको नेतृत्वलाई पनि नेतावाद कुटुम्बवादको नाममा अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् । लोसपा गठन हुँदा समेत उठाएका विषयलाई अध्यक्ष ठाकुरसहित नेतृत्वमा रहेको समूहले कार्यान्वयन नगरेको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर