अध्यक्ष ओलीलाई नेता नेम्वाङको तीन विकल्पः वरिष्ठ उपाध्यक्ष पद खारेज, दुई वरिष्ठ उपाध्यक्ष कि निर्वाचन !

१२ मंसिर, चितवन । अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सार्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाउनुभएको थियो । स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोध्नुभएको थियो । उहाँले भने..

मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैनः सुवास नेम्वाङ

१२ मंसिर, चितवन । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेको भएपनि नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाउनुभएको छ । पूर्व सभामुखसमेत रहनुभएका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष..

वरिष्ठ उपाध्यक्षको उममेद्धवारीबाट पछि नहट्ने संकेतमा सुवास नेम्वाङ

११ मंसिर, चितवन । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदको उममेद्धवारी दिनबाट पछि नहट्ने संकेत गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेता नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गर्नुभएको थियो । ओलीले नेम्वाङलाई बोलाएर ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने अवस्था रहेको ब्रिफिङ गर्दै दाबी छाड्न आग्रह गर्नुभएको थियो । दुई‒दुई पटक पार्टी महासचिव भएको र सिनियर पनि भएकाले पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अवस्था रहेको ओलीले नेम्वाङलाई..

एमाले महाधिवेशनः चार मुलुकका राजनीतिक दल सहभागि, २५ मुलुकका दलले शुभकामना सन्देश पठाए

९ मंसिर, काठमाण्डौँ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । यस्तै २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो । चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ..

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिदै

३० कार्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुंदै छ । गत कार्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनुहुने छ । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । सोमबार सत्तारुढ पाँच दलिय..

मुगुको सदरमुकाममा भीषण आगलागी, २१ घर जलेर नष्ट

३० कार्तिक, मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुख्य बजार क्षेत्रमा रातीदेखि सल्किएको आगोले २१ घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मुगुको छायानाथ रारा नगरपालिका १ मा पर्ने गमगढीको मुख्य बजारमा राती १२ बजेदेखि आगो लाग्न सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । राती नै स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव भएको थिएन । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरु..

सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा वकिलहरुको धर्ना सुरु

२७ कार्तिक, काठमाण्डौँ । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वाेच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । वकिलहरु प्रहरीको सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्ना दिईरहेका छन् । सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो ।    

मन्त्री नभए दाम्लो चुडाउनेहरु धेरै भएः मुख्यमन्त्री राजेन्द्र राई

२७ कार्तिक, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ । आज शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराउनुभएको हो । ‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उहाँले भन्नुभयो, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन ।’ राम्रा मन्त्री..

एमालेले आज देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै

२७ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि आज शनिबार देशभरबाट प्रतिनिधि चुनिदैछन् । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन एक हजार नौँ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागिएको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् । एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गर्नुभएको छ । हिजो शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम..

रोकिएको कांग्रेस अधिवेशन आजदेखि सुरू, १० जिल्लामा वडा अधिवेशन हुँदै

२७ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार आज शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु भएका छन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ । समितिका अनुसार आज शनिबार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा..