कोरोना रोकथामका लागि भोली देखी विद्यालय बन्द गर्ने सरकारको निर्णय

कोरोना रोकथामका लागि भोली देखी विद्यालय बन्द गर्ने सरकारको निर्णय


२४ पौष, काठमाण्डौँ । कोरोना संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले भोली देखी नै विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

अर्काे सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर