अपहरणको किटानी जाहेरी दिन जसपाका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा (फोटो हेर्नुहोस्)

अपहरणको किटानी जाहेरी दिन जसपाका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा (फोटो हेर्नुहोस्)

१४ वैशाख, काठमाण्डौँ । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न नव गठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका हुन् ।

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु प्रहरी परिसर पुगेका छन् ।

अपहरणमा परेका भनिएका तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवका अलावा नव गठित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराई, उपेन्द्रलगायत उजुरी दिन आइतबार(आज) परिसर पुगेका हुन् ।

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । यस्तै नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि देखिएका छन् ।

गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर