आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

१३ वैशाख, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार(आज) बसेको समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य उडानहरु मे १५ तारिख अर्थात जेष्ठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्मका लागि उडानहरु बन्द निर्णय भएको थियो । समन्वय समितिले उडानहरुको सम्वन्धमा निर्णय गरेपनि लक डाउनको विषयमा भने कुनै निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।

लक डाउनको प्रभाव, कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा केही निर्णय नभएको उहाँले बताउनुभयो । सचिव विडारीका अनुसार लकडाउन सम्बन्धी विषयमा भोली बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर