१५ वैशाख, इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चिता’को शव सहित एक वालकलाई बगाएको छ ।
हिजो सुंगुरको चारो खोज्न जाने क्रममा चिप्लिएर लडेर मृत्युभएका फाकफोकथुम–३ सल्लेरीका रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दा गर्दे खोलामा वाढी आएको थियो । वाढीले चितामा राखिएको शव बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिनुभयो ।
चितामा राखेर जलाईदैँ गरेको शव जल्न नपाइ नै बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । उपाध्यक्ष राईका अनुसार भोलि प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ ।
लकान्द्रीको हिजो दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको थियो ।
फकफोक खोलामा आएको सोही बाढीले स्थानीय एक बालकलाई पनि बगाएको छ । दिउँसो खोलामा पौडी खेलिरहेका बेला आएको बाढीले बगाएर फाकफोकथुम–३ आमचोक रातमाटेका १३ वर्षीय बालकको मृत्यू भएको हो । बालकको नाम थर खुल्न सकेको छैन । उनको पोष्टमार्टमका लागि रवि अस्पताल लगिएको छ ।
फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको वर्षापछि खोलामा वाढी आएको उपाध्यक्ष राईले बताउनुभयो ।