जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव

जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव

१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो ।

जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत प्रहरीकोमा पुगेका थिए । तर, किटानी जाहेरी दर्ता गर्न नमानेपछि जसपा नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् । उनले विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कास गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

पूर्वप्रहरी प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेर उजुरी दिन खोजेका थिए ।

सुरुमा कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् । त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ उनले जनाएका छन् ।

परिसर प्रहरी प्रमुख ज्ञवालीले महोत्तरीको घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँन सुझाएको बताईएको छ । तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेता भट्टराईले सामाजि संञ्जाल ट्वीटरमार्फत समेत आक्रोश ब्यक्त गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर