झापाको बाह्रदशी गाउँपालिका पूर्ण रुपमा सिल गर्ने निर्णय

झापाको बाह्रदशी गाउँपालिका पूर्ण रुपमा सिल गर्ने निर्णय

१५ वैशाख, झापा । झापाको बाह्रदशी गाउँपालिकाले गाउँपालिकालाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । बाह्रदशी गाउँपालिका–४ निसी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा आज बसेको बैठकल अर्को निर्णय नगरीन्जेलसम्मका लागि गाउँपालिका शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङ्देनको समेत सहभागीता रहेको आजको बैठकले गाउँपालिकाको पूर्ब तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा घाग्रा खोला सम्मको चारकिल्ला भू–भाग शिल गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन भएको छ । जसमा गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी समिति गठन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

भारतको नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270