१५ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका थिए ।
छलफल सकिएपछि संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोख्रेरलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताउनुभयो । पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिनुभएको छ ।
नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम भएको बताउनुभयो ।
‘भोलि सचिवालय ठक बस्छ, त्यसपछाडि स्थायी कमिटीमा अलि मिलेर जानुपर्छ अहिलेकै समस्या लिएर स्थायी कमिटिमा जाने हो भने झन भद्रगोल हुन्छ,’ पन्तले भने ‘कम्तिमा एकखालको समस्यालाई छोट्याएर जाऊ भन्ने खालको कुरा भयो ।’
सअघि बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै छलफल भएको थियो ।
अध्यादेश प्रकरणपछि चुलिएको असन्तुष्टि, अन्तरविरोध व्यवस्थापन गर्न दुबै समूह कार्यदल नै बनाएर छलफलमा जुटेको एक नेताले गृह खबरलाई जानकारी दिएका छन् ।
छलफलमा ओली समूहका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल समूहका तर्फमा माधव नेपाल आफैं र उनीसँग भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका थिए ।
नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन् ।
नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।
स्थायी समिति बैठकबाट आफ्नो विपक्षमा माहोल खडा हुने देखिएपछि प्रधानमन्त्री ओलीले छलफल तीव्र पारेका छन् ।
स्रोतका अनुसार ओली पक्षबाट प्रधानमन्त्री ओलीले अध्यक्ष छाड्ने र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव आउने सम्भावना छ । नेता नेपाल यस विषयमा सकारात्मक रहेको स्रोतको भनाई छ ।