१४ वैशाख, काठमाण्डौँ । लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन मात्र बाँकी रहँदा लकडाउनको अवधि १० दिन लागी पुनः थपिएको छ । सरकारले गत चैत्र ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत्र २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो । त्यसपछि वैशाख २ गते सरकारले १२ दिनका लागि पुनः लकडाउन थपेको थियो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैशाख २५ गतेसम्म लकडाउन जारी रा ख्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको जनाईएको छ ।