२० वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ ।
त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई पनि उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताईएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेको नेकपा उच्च स्रोतले बताएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समाजवादको लक्ष्य हाँसिल गर्नेगरि दृढतापूर्वक काम गर्ने पनि आजको बैठकमा निर्णय लिईएको श्रेष्ठको भनाई छ । आजको बैठकमा सरकारको तर्फबाट भएका कमिकमजोरी स्विकार गर्दै आत्मआलोचना गरिएको उनले सुनाए । उनले अहिलेको एकता, सहमतिअनुरुप पार्टीलाई दिशानिर्देश गर्नेगरि त्यसको निम्ति आवश्यक छलफल गर्नेगरि स्थायी कमिटीको बैठक बैशाख २५ गते बस्ने निर्णय गरिएको जनाए ।