२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । निर्धारीत समय भन्दा करिव डेढ घण्टा पछि सुरु भएको बैठकमा आज अलिक फरक दृष्य देख्न सकिन्छ । अध्यक्ष द्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान कुर्सीमा अग्र सस्थानमा आसिन रहेका छन् ।
यसभन्दा अघिका नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मात्र फरक कुर्सीमा अग्र स्थानमा आसिन हुन्थे ।
-तस्विरः प्रधानमन्त्री सचिवालय