राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी

राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी

१९ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुभएको छ । उहाँले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तराष्ट्रिय श्रमिक दिवस २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना जारी गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत ब्यक्त गर्नुभएको छ । शुभकामना शन्देशमा भनिएको छः “श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ”, सन्देशमा भनिएको छ, “यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।”

नेपालको संविधान २०७२ले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270