सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

२२ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आरोपित तिन जनाले आफूहरु निर्दाेष रहेको भन्दै आज आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोगमा तीनैजनाले आफूहरुलाई झुटा आरोप लगाई चरित्रहत्या गर्न खोजेको भन्दै यादवमाथि मानवअधिकार उल्लंघनको निवेदन दर्ता गरेका हुन् । निवेदनमा घटनाको विस्तृत विवरण समेत उल्लेख गरी आफ्नो पक्षबाट दाबीसहित निवेदन दर्ता गराएपछि यो घटनाले दुवै पक्षबीच टकराव बढाएको छ ।

गत १८ वैशाखमा डा. सुरेन्द्र यादव आयोग पुगी आफूलाई अपहरण गरी मानवअधिकार उल्लंघन भएको भन्दै छानविन गरी कारबाहीको सिफारिश गर्ने निवेदन दर्ता गराउनुभएको थियो । हाल जनता समाजवादी पार्टीका सांसद यादव यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्न जाँदा दर्ता नभएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिन पुग्नुभएको थियो ।

उता, आज नै सरकार वकिलको कार्यालयमा डा. सुरेन्द्र यादवले दायर गरेको उजुरी दर्ता भएको छ । यादवले अपहरण र शरीर बन्धकसम्बन्धि मुद्दा दायर गर्नुभएको थियो ।

जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिनुभएको हो ।

‘सांसद यादव र वकिलहरू आज सरकारी वकिल कार्यालय जानुभएको थियो । उहाँहरूले दिएको निवेदन दर्ता भएको छ ।,’ झाले भन्नुभयोे, ‘दर्ता नम्बर १०४७ हो ।’

यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन ।

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ ।

सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर