लकडाउन जेष्ठ १० सम्म थप्ने सरकारको तयारी

लकडाउन जेष्ठ १० सम्म थप्ने सरकारको तयारी

२१ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिनका लागि लकडाउन थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा संक्रमित व्यक्तिको दर बढिरहेको वेला नेपाल सरकारले पनि जारी लकडाउनलाई थप्ने तयारी गरेको एक मन्त्रीले गृहखबरलाई बताए ।

नेपालमा हिजोमात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको बताईएको छ ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर