प्रदेश–१ का थप ३ जनामा कोरोना संक्रमण, स्वास्थ्यकर्मी पनि संक्रमित

४ जेष्ट, विराटनगर । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् ।

उनीहरुमध्ये दुई जना मोरङ र एक जना धनकुटाका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण भएको छ ।

उता धनकुटाकी ३४ वर्षकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले जनाउनुभएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270