मुख्य समाचार
राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन आह्वान
२१ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रवारका लागि संसदको बजेट अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिको आह्वानअनुसार अधिवेशन यही बैशाख २६ गते अपरान्ह संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेछ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्नेछ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गर्नुभएकोे विज्ञप्तिमा उल्लेख..
कोरोनाको कारण विश्वभर ७३ नेपालीको मृत्यु, लण्डनमा मृतकको संख्या धेरै
२१ वैशाख, काठमाण्डौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण आजसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा मात्र १२,..
वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने
२० वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ । त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई पनि उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताईएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले..
आजको नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डको समान कुर्सी
२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । निर्धारीत समय भन्दा करिव डेढ घण्टा पछि सुरु भएको बैठकमा आज अलिक फरक दृष्य देख्न सकिन्छ । अध्यक्ष द्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान कुर्सीमा अग्र सस्थानमा आसिन रहेका छन् । यसभन्दा अघिका नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मात्र फरक कुर्सीमा अग्र स्थानमा आसिन हुन्थे । -तस्विरः प्रधानमन्त्री सचिवालय
नेकपाको सचिवालय बैठक सुरु
२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक निर्धारीत समय भन्दा करिव डेढ घण्टा ढिला सुरु भएको हो । प्रधानमन्त्रीको व्यस्तता कारणले बैठक केही ढिला सुरु भएको बुझिएको छ । बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष..
वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा
२० वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ । गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता..
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी, करोडौँको क्षती
२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि लागेको आगो आज बिहान साढे ५ बजेतिरमात्र नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिव ७ घण्टा पछि मात्र आगो नियन्त्रणमा..
नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग
१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा..
थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो
१९ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । उनीहरू दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितम ध्ये १६ जना नीको भई घर फर्किइसकेका..
राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी
१९ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुभएको छ । उहाँले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तराष्ट्रिय श्रमिक दिवस २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७