सरकारको विरोध गर्दे बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा, १० जना नियन्त्रणमा

सरकारको विरोध गर्दे बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा, १० जना नियन्त्रणमा

२७ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोराले हानेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नुपर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने लगायतका माग अघि सारेका छन् ।

यसका साथै प्रहरीले १० जनालाई नियन्त्रणमा समेत लिएको छ ।
लकडाउनको समयमा नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270