२८ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत विपरित अभिव्यक्ति दिएको भन्दै नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले आपत्ती जनाएको छ ।
गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई संघलेसमेत गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ ।’ संघले भनेको छ–‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ ।’
सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति र भत्र्सना गरेको छ ।
संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।’
सांसद् सरिता गिरीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा जारी गर्दा संसद बैठक मै आपत्ती जनाउनुभएको थियो । यसका अलावा उहाँले विभिन्न संञ्चारमाध्यममा लिम्पियाधुरा नेपालको हो भन्ने कुरोमा आफु सहमत नरहेको अभिव्यक्ति पनि दिनुभएको थियो ।