झापामा अहिलेसम्म एक हजार छ सय १७ जनाको कोरोना परिक्षण

१ जेष्ठ, झापा । झापामा अहिलेसम्म एक हजार ६ सय १७ जनाको कोरोना परिक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पिसिआर) दुबै विधिबाट कोरोना संक्रमण भएनभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाङ्स जसो विदेशबाट भर्खेरै घर आएकाहरुको कोरोना परिक्षण गरिएको छ । हालसम्म चार सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । त्यसमा..

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा त्रुटी, संक्रमित सख्या २४५ मात्र

१ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको जनाएको छ । मन्त्रालयले आज बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा..

कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

३१ वैशाख, काठमाण्डौँ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार(आज) सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको बताईएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेका थिए..

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा स्थाई कमिटीको बैठक स्थगित

३१ वैशाख, काठमाण्डौँ । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण बैठक स्थगनको सूचना आएको एक नेताले बताए । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।..

नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, हिजो साँझमात्र २६ जना संक्रमित थपिए

३१ वैशाख, काठमाण्डौँ । नेपालमा फेरि मंगलबार(हिजो) साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र..

लकडाउन थप कडा बनाईदैँ, एक जिल्लाबाट अर्काे जिल्लामा जाने पास रद्ध

३० वैशाख, काठमाण्डौँ । सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ । गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो । ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अर्यालले भन्नुभएको छ, ‘एक जिल्लाबाट अर्काे जिल्लामा जान अनुमति लिएको पास गर्न खारेज गरिएको हो । यदि कोही..

लकडाउन कडा गर्न प्रधानमन्त्रीको निर्देशन, मानसरोवर सडकबारे जानकारी नपाएको भन्दै असन्तुष्टि

३० वैशाख, काठमाण्डौँ । लकडाउन झन कडा हुने भएको छ । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिनुभएको छ । उहाँको निर्देशनसँगै चेकजाँच कडा हुन थालेको छ । भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल..

नेकपा स्थाई कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने

३० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भोलि विहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार(भोली) बिहान ११ बजे बैठक बस्ने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि स्थायी समितिको बैठक बोलाइएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्काे दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको..

नेपालमा एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, पत्रकार पनि संक्रमित

३० वैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको छ र ती सबै पुरुष रहेका छन् । जसमध्ये कपिलवस्तु जिल्लामा ८ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन् । उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा..

चीनले दियो ४० हजार थान पीसीआर किट सहित अत्यावस्यक स्वास्थ्य सामग्री

२९ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई..