मुख्य समाचार
सवै दलका नेताहरुको एक मतः सिमा विवाद अल्झाइरहनु दुवै देशका लागि हितकर हुँदैन
१३ जेष्ठ, काठमाण्डौँ । नेपाल र भारतबीचको सम्बन्ध सीमा विवादका कारण यतिबेला चिसिएको छ । गत नोभेम्बर २ मा भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि चर्किएको विवाद हालै उक्त भूभाग हुँदै निर्माण भएको सडक उद्घाटन भएपछि थप उत्कर्षमा पुगेको हो । नेपालले सन् २०१७ मा भारत र चीनबीच उक्त भूभाग हुँदै आपसमा जोडिने व्यापारिक मार्ग निर्माणमा सहमति भएलगत्तै आपत्ति जनाएको थियो । नेपालले भारत र..
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन, हेर्नुहोस सम्बोधनको पूर्णपाठ
१२ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । सोमबार(आज) अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उहाँले बताउनुभयो..
फेरी थपिए ६ जना कोरोना संक्रमित, चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि
१२ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । यसअघि आज बिहानै काठमाडौंका तीनसहित..
कोरोनाको प्रकोपबाट बच्न सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्रीको आग्रह
१२ जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा..
थप ७२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो
१२ जेष्ठ, काठमाण्डौँ । आज मात्र थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।
थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो
११ जेष्ठ, झापा । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२..
संघीय संसद र राष्ट्रियसभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक गर्ने
११ जेष्ठ, झापा । राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले गरेका निर्णयहरु यस्ता छन्- १. मिति..
मनिषाको बहानामा नेपालको सम्प्रभुतामाथी औँला ठड्याउने शासक वर्गका पिट्ठू पत्रुकार
११ जेष्ठ, काठमाण्डौँ । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ बलिउड अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनिषा कोइरालाको ट्वीट जसमा उनले लेखेकी थिइन्– ‘हाम्रो सानो राष्ट्रको गरिमा..
कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए
१० जेष्ठ, काठमाण्डौँ । शनिबार(आज) फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । यसअघि आज बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन आज ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । उता भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया..
वसन्त ऋतुको यो मध्यअवधीमा हाँसी रहेकी प्रकृती (फोटो फिचर)
१० जेष्ठ, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा करिव दुई महिना देखी लकडाउन जारी छ । लकडाउनमा प्रायतः मानिसहरु घर भित्रै छन् । घर वाहिर निस्कन शख्त मनाही छ । वसन्त ऋतुको यो मध्यअवधीमा प्रकृती भने हाँसी रहेकी छिन् । लकडाउनका कारण मानिसहरुले प्रकृतीको यो अनुपम दृष्यलाई नियालेर रसपान गर्न सायदै पाएका छैनन् । खोला–बगर–डाँडा–काँडा हरियाली भएको छ । रुखहरुमा नयाँ पालुवा पलाएको छ । खुख्खा बगहरु..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७