रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ

२७ जेष्ठ, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिजापती रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताउनुभयो ।

उहाँले हत्या किन र कसरी भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् ।

मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन ।

फर्म स्थानीय कृष्ण पुनको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाको शवलाई तन्नाले बेरेका थिए ।

सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनुभयो ।

स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270