४० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, २ जनाको शव फेला, ६ जनाको उद्धार अन्य बेपत्ता

४० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, २ जनाको शव फेला, ६ जनाको उद्धार अन्य बेपत्ता

२८ जेष्ठ, काठमाण्डौँ । कालीकोटका करिब ४० यात्रु बोकेको ट्रिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको ट्रिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

प्रजिअ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेको छ ।’ उहाँले भन्नुभयो ।

ट्रिपर चढेका ६ जनाको भने उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिनुभयो ।

‘मान्छे बोकेर लिएको टिपर दुर्घटना भएको रहेछ, ३९ जना त्यसमा भएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी बस्नेतले भन्नुभयो, ‘तीमध्ये ६ जनाको उद्धार भएको छ, ट्रिपर नदीमा डुबेको भन्ने खबर आएको छ ।’

एसपी बस्नेतका अनुसार उद्दार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270