मुख्य समाचार
कुन क्षेत्रमा बढ्यो ? कुन क्षेत्रमा घट्यो बजेट ?
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको छ । बिहीबार(आज) अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गर्नुभएको थियो । अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो । यसपाली कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम..
संविधान संशोधन प्रस्तावमा कसरी लाग्यो अचानक ‘ब्रेक’ ? काँग्रेस संविधान संशोधनको पक्षमा छ ?
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले बुधबार(हिजो) संसदमा संविधान संशोधन प्रस्ताव पेश नगरेका कारण विभिन्न आशंका उत्पन्न भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितका भूभागलाई समेटेर सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा समेट्न संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । यसका लागि सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ । उक्त प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यसूची हिजो नराखिएका कारण सामाजिक सञ्जालदेखि मिडियामा समेत अनेक आशंकाका पाटो केलाउन थालियो..
१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नुभएको हो । खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेशगर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२..
अर्थमन्त्री खतिवडाद्धारा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत हुदैँ (लाईभ हेर्नुहोस्)
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा सदनमा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत भईरहेको छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=2VOLcuBE34c
एक हजार नाघे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि
१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । संक्रमितको ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु..
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देशः इतिहासको गतिलाई पछाडि फर्काउन कसैले सक्दैन (पूर्णपाठ)
१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएउनुभएको छ । १२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने प्रणाली विकासका क्रममा सानातिना कमीहरु देखा पर्नुलाई स्वभाविक भन्नुभएको छ । गणतन्त्र घोषणापछि अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेको भन्दै उहाँले गणतन्त्र..
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त, दुई सय ३३ कैदीको सजाय मिनाहा
१५ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम..
संविधान संशोधनमा विलम्बः समय माग्ने सरकार कि कांग्रेस ?
१४ जेष्ठ, झापा । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटे सँगै संविधान संशोधनमा केही विलम्ब हुने भएको छ । गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । बुधबारको बैठकका सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन,..
आजमात्रै थपिए एक सय १४ जना कोरोना संक्रमित, एक सय ८३ जनाले कोरोना जिते
१४ जेष्ठ, झापा । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । आजमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार(आज) रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन् ।..
सरकारले वितरण गर्यो दुई खर्ब ४३ अर्ब कृषि कर्जा, बजेटमा कस्ता कार्यक्रम आउलान् ?
१४ जेष्ठ, काठमाडौँ । अर्थ मन्त्रालयले मंगलबार जारी गरेको आर्थिक सर्वेक्षणमा कृषि कर्जा लिने किसानको संख्यामा वृद्धि भएको जनाइएको छ । किसानले पाउने कृषि कर्जामा वृद्धि भएका कारण उत्पादनमा वृद्धि आएको मन्त्रालयको दावी छ । किसानले कर्जा लिनुलाई सरकारले प्रगतिको रुपमा हेरेको छ । किसानले कर्जा लिएका कारण उत्पादनमा वृद्धि भएको भनिए पनि किसानलाई त्यसले कति आर्थिक भार पारेको छ र किसानले आफ्नो उत्पादनबाट त्यो ऋण चुक्ता गर्न सकेका छन्..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७