नेपालको संविधान (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

४ आश्विन, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मतीले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको जानकारी गराउँदै संविधान संशोधन सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने छ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर