मुख्य समाचार
गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि
२४ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका १०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकाका १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा..
बजेट खर्चमा दोस्रो पटक पनि असफल भए अर्थमन्त्री
२३ जेष्ठ, इलाम । डा. युवराज खतिवडा देशको अर्थमन्त्री बनेर मन्त्रालय सम्हाल्न आए लगतै देशको कमजोर अर्थतन्त्रको अवस्था श्वेतपत्र मार्फत सार्वजनिक गर्नुभयो । कमजोरी मात्र सुनाएका उहाँबाट अब अर्थतन्त्र सुध्रने धेरैले आश गरे । वर्षाैँ देखि बजेट कार्यान्वय नहुने समस्यालाई उनले सुधार्ने अपेक्षा थियोे । तर आफूले बनाएको बजेट खर्चमा उहाँ दोस्रो पटक पनि चुक्नुभयो । झन् यसपटक त कोरोनाले विकास गतिविधि प्रभावित हुँदा झण्डै आधा जति बजेट खर्च नहुने..
आज २७८ संक्रमित थपिए, कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुग्यो
२३ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका २७८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएको संक्रमितबारे जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित थपिएसँगै शतर्क रहन आग्रह गर्नुभएको छ । यसअघि हिजो एकै दिन किर्तिमानी ३३४ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको थियो । थपिएकामा पुरुष ३१९ र महिला १५ जना थिए । कुल संक्रमित..
‘भारतीय चेली’ शब्दलाई लिएर संसदमा विवाद
२३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा विवाद भएको छ । नेकपाकी सांसद गंगा चौधरीले गत जेष्ठ १९ गते संसदमा समेत भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्नुभएको थियो । बैठकका बोल्दै उहाँले नयाँ नक्सा जारी गर्ने विषयमा अरु कसैलाई सोध्नु नपर्ने तर्क गर्नुभएको थियो । मन र विचार अशुद्ध हुनेहरूलाई मन्तव्य, अन्तर्वार्ता लेखबाट पनि जनताले पहिचान गर्न थालेको बताउनुभएको थियो । यद्यपी उहाँले कुनै..
अब क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण नहुने, नयाँ निर्देशिका जारी
२३ जेष्ठ, काठमाण्डौँ । सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने बताएको छ । पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले कोरोना भाइरस परिक्षणको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको हो । नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ । निर्देशिकामा पहिलो–आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ । दोस्रो– फ्रन्टलाइनमा काम..
म्यानमारबाट नेपाली आइपुगे २६ नेपाली
२३ जेष्ठ, काठमाण्डौँ । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् । आज बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन् । विमानस्थल कार्यालयका अनुसार आज विहान पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो । म्यानमारले सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो । म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा..
लकडाउनको स्वरुप परिवर्तन गर्दे सरकार, मन्त्रिपरिषद्को बैठक बोलाईयो
२२ जेष्ठ, काठमाण्डौँ । चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् । ‘बुधबार विज्ञहरुसंग लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गरेको प्रघानमन्त्रीले आज निर्णय गर्न गरि बैठक बोलाइएको छ । सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’ स्रोतको भनाई छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसंगको..
संविधान संसोधनप्रति काँग्रेस र मधेसवादी दलको आ–आफ्नै स्वार्थः राष्ट्रिय सहमतिका लागि धोका !
२१ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेस र समाजवादी पार्टी–राष्ट्रिय जनता पार्टी नेपाल (जनता समाजवादी पार्टी नेपाल–जसपा) ले संविधान संशोधन सम्बन्धी छुट्टाछुट्टै दर्ता गराएको गैरसरकारी विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ । नेकपा नेतृत्वको सरकारले नयाँ नक्सा अनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ । यसअतिरिक्त नेपाली काँग्रेसले एउटा र जसपाले अर्काे गरी दुई वटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन्..
थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो, थप एकजनाको मृत्यु
२१ जेष्ठ, झापा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र..
छुवाछुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सम्झौता हुँदैन्ः प्रधानमन्त्री
२१ जेष्ठ, झापा । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले सन्देशमार्फत छुवाछुतसम्बन्धी जघन्य घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने पनि विश्वास दिलाउनुभएको छ । छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने पनि उहाँको शुभकामनामा उल्लेख गरिएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ–‘मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मावन अधिकारको पालनामा देखिएका बाधाहरुलाई..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७