विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याईयो

विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याईयो


५ आश्विन, काठमाण्डौँ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याइएको छ ।

कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत्र पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।

वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आज काठमाण्डौँ ल्याईएको छ ?

महमुद अलमान मुसलमान, कपिलवस्तु
मुस्ताक साइक, सर्लाही
रुपेशकुमार मण्डल, सिरहा
कुम्बा तामाङ, लमजुङ
भक्तबहादुर थापामगर, बाँके
राजेन्द्रप्रसाद मण्डल, सप्तरी
युवराज अधिकारी, मोरङ
मीनबहादुर थापा, भोजपुर
नरबहादुर कामी, सुर्खेत
मंगलबहादुर तामाङ, भोजपुर
सुकराम थारु, बर्दिया
अरुणकुमार पंजियार, सर्लाही
शिवशंकर राउत, महोत्तरी
चुतर्वा मण्डल, धनुषा
जितेन्द्र थापामगर, मकवानपुर
यामबहादुर थापा, रुपन्देही
कासिदेव यादब, सिराहा
सधोवाका पासवान, सर्लाही
अनिल चौधरी, महोत्तरी

प्रतिक्रिया:

सम्बन्धित खवर