मुख्य समाचार
प्रदेश सांसद झोवा विकको संघर्षका कथा
२० जेष्ठ, काठमाण्डौँ । ‘सभामुख महोदय ! मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ । केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ । यो किताबमा मात्र समेटिने हो कि काम पनि गर्ने हो ? २०७७ मा के हुन्छ थाहा छैन, २०७६ कोमा त केही भएको थिएन ।’ प्रदेश सभाको छैठौं अधिवेशनमा कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेश विनियोजन..
थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो
२० जेष्ठ, काठमाण्डौँ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८,..
लकडाउन खुकुलो बनाइँदैः निजी सवारी चल्न दिने मोडालिटी बनाउदै सरकार
१९ जेष्ठ, काठमाण्डौँ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेष्ठसम्म लकडाउन जारी राख्ने निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ, जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । सरकारी उच्च स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउने जनाईएको छ । दुई..
अधिराजकुमारी श्रुतीसँग सम्झनाका चार पलः ‘चितामा जल्न रुझ्दै कुर्नुपरेको मरण’
१९ जेष्ठ, काठमाण्डौँ । हामी जेष्ठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं । वैधानिक रूपमा २०६५ जेष्ठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो । त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दुःखद स्मरण भएर रहेको छ, रहने छ । त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार..
असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
१८ जेष्ठ, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गर्नुभएको हो । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आव्हान गर्नुभएको छ..
कोरोना संक्रमित दुई वर्षिया बालिकाको मृत्यु, संक्रमितको संख्या १५६७ पुग्यो
१८ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ । बाजुराकी दुई वर्षिया बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित बिफ्रिङमार्फत जानकारी दिनुभएको छ । बालिकाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । संक्रमित बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा १५ गते भर्ना गरिएको थियो । उनको बाजुरा जल्ला अस्पतालको..
नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली
१८ जेष्ठ, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली सुरु छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस गरेको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन)..
बाबुरामको प्रस्ताव– विश्वकर्मा लेखौं, कामी लेखौं, हामी सबैले थर बदलौं
१८ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधि सभामा आज भएको बजेटमाथिको छलफलका क्रममा उहाँले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ ?’ भट्टराईले भन्नुभयो, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले मेरो त एउटा प्रस्ताव छ – तपाईं..
प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)
१८ जेष्ठ, काठमाण्डौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्नुभएको छ । https://www.youtube.com/watch?v=lFmNRTLwmAo
सिमा विवादबारे वार्ता गर्न भारत तयार, नेपालको विरोध नगर्न भारतीय मिडियालाई मोदीको आग्रह
१८ जेष्ठ, काठमाण्डौँ । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७