नेपालमा आज थपिए ४ सय २६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

नेपालमा आज थपिए ४ सय २६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

५ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । आज ४ सय २६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा पुरुष ३ सय ३८ र महिला ८८ जना छन् ।

यसअघि हिजो सर्वाधिक ६ सय ७१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको थियो ।

बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।

हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर