मुख्य समाचार
‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’
१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..
नेकपाको स्थायी कमिटी बैठक आज बस्दैः वार कि पारको स्थिती !
१० असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पैष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक..
प्रदेश–१ का २ सय ८५ जना कोरोना मुक्त
९ असार, विराटनगर । प्रदेश–१ मा कोरोना जितेर घर फर्कनको संख्या २ सय ८५ पुगेको छ । आज धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । आज झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् । यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य..
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृत्यु हुनेको संख्या २४ पुग्यो
९ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९..
देशभर मनसुनी वायुको बढ्दो प्रभाव, वाढी–पहिरोको जोखिमबाट सचेत रहन महाशाखाको आग्रह
९ असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको बढ्दो प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम स्तरको वर्षाको..
निजि विद्यालयले शुल्क माग्न थाल्यो, विद्यार्थी संगठन र अभिभावकको विरोध
८ असार, काठमाण्डौँ । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्काेतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्य ालयहरुले शुल् कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो । संस्थागत विद्यालयहरुबाट राज्यले सामान्य अवस्था कर असुल..
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ९५६१ पुग्यो
८ असार, काठमाण्डौँ । नेपालमा आज ५३५ जनामा थप कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत ५३५ संक्रमित थपिएको बारे नयाँ अपडेट गराएको हो । मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् । आव कुल संक्रमित संख्या ९५६१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक..
कोरोना कहरः आर्थिक व्यवस्था डामाडोल, पर्यटन र शिक्षा क्षेत्र चौपट
८ असार, काठमाण्डौँ । कोरोना महामारीका कारण विश्वमा लाखौंको रोजगारी गुमेको छ । नेपालको संर्दभमा विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु धेरै प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब नै पाएका छैनन् । कतिपयको रोजगारी नै गुमेको छ । पर्यटन व्यवसायको कारोवार पनि फाल्गुन महिना यता शुन्य जस्तै छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौं मानिसको रोजगारी गुमेको..
विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित
७ असार, काठमाण्डौँ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आज समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालको फरक मतका बावजुदपनि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विद्येयक..
आज थपिए ४२१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो
७ असार, काठमाण्डौँ । आज कोरोना भाइरसका थप ४ सय २१ जना संक्रमित थपिएका छन् । नेपालमा कोरानाका कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमितमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० महिला छन् । बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७