मुख्य समाचार
७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरुद्धमा कांग्रेस
७ असार, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आज भएको छलफलमा कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराउनुभएको हो । यसअघि बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था..
तस्विरमा हेर्नुहोस नेपालबाट देखिएको सूर्य ग्रहण (फोटो फिचर)
७ असार, काठमाण्डौँ । सूर्य ग्रहण लागेको छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ । नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुने छ । शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ..
आज ३ सय ३१ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ८ हजार ६ सय ५ पुग्यो
६ असार, काठमाण्डौँ । आज थप ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार संक्रमितमध्ये पुरुष २ सय ८२ र महिला ४९ जना छन् । कुल संक्रमितमध्ये पुरुष ७ हजार ८ सय ४९ र महिला ७ सय ५६ जना छन् । असार महिनाभर कोरोना संक्रमितको..
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह
६ असार, काठमाण्डौँ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न अनुरोध गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी..
नेकपा सचिवालय बैठक सम्पन्नः विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय
६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो । बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत..
नेकपाको सचिवालय बैठक जारीः एमसीसीको विषयमा विशेष छलफल हुँदै
६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । विहान ९ बजेदेखि सुरु भएको बैठकमा एमसीसीको विषयमा विशेष छलफल भईरहेको स्रोतले बताएको छ । केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद निकै चर्किएको छ । अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागि पर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरु माधव कुमार नेपाल..
नेपालको सुरक्षा स्वार्थ जोडिएको सहयोग स्वीकार्दैनौंः प्रचण्ड
५ आश्विन, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताउनुभएको छ । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताउनुभयो । ‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन् । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं..
नेपालमा आज थपिए ४ सय २६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो
५ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । आज ४ सय २६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा पुरुष ३ सय ३८ र महिला ८८ जना छन् । यसअघि हिजो सर्वाधिक ६ सय ७१..
विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याईयो
५ आश्विन, काठमाण्डौँ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत्र पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आज..
एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी
५ आश्विन, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । ओली पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको उहाँकै निकटस्थहरुले बताउन थालिसकेका छन् । यसलाई तोड्ने हुनु या होइनन् अबको १० दिनभित्र प्रष्ट हुनेछ । ओलीका सामु एमसीसीबाट पछि हट्ने या..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७