२७ असार, काठमाण्डौँ । विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाउनुभएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी हुनुभएको छ । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
आज विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनसभयो । बैठकमा विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको छ ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति र्पुयाएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् ।
शनिबार वहानसम्म २७ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । विभिन्न ठाउँमा डुवानको जोखिम पनि उस्तै छ ।