आज थपिए ४२५ जना कोरोना संक्रमित, निको हुनेको संख्या ९७४ पुग्यो

३२ जेष्ठ, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१..

पर्वतको कुस्मामा पहिरोः आठ जनाको शव फेला, एक जना अझै वेपत्ता

३२ जेष्ठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालवारीमा गएको पहिरोमा परेर पुरिएका ८ जनाको शव फेला परेको छ । एक जना भने अझै बेपत्ता छन् । हिजो साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोले ढकालवारी गाउँका दुई घरका ९ जना पुरिएका थिए । अहिलेसम्म ५८ वर्षिय तुलवहादुर थापा, ५७ वर्षिय मीनाकुमारी थापा, ३४ वर्षिय दिर्पा थापा, १४ वर्षिय विवेक थापा, ४ वर्षिय विविसा थापा र ११ वर्षिय सम्राट थापाको..

करिब ६ घण्टा पछि इनरुवा बजारको आगलागी नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी

३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवामा विहान ५ बजे देखी सुरुभएको आगलागी करिब ६ घण्टाको पछि नियन्त्रणमा आएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उहाँले बताउनुभयो । उनका अनुसार २ वटा घर आगलागीबाट क्षति पुगेको छ । तर, क्षतिको पुर्ण विवरण आउन भने समय लाग्ने एसपी थापाले बताए..

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै

३१ जेष्ठ, काठमाण्डौँ । आज एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहनुभएको छ । कार्यदलले एमसिसी..

सुनसरीको इनरुवा बजारमा भिषण आगलागी

३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवा बजारमा अहिले भिषण आगालागी भईरहेको छ । सुनसरी सदरमुकाम इनरुवाको मुख्य बजारमा रहेको हनुमान बस्त्रालयमा र सृजना फाईनान्सको भवनमा भिषण आगलागी भईरहेको जिल्ला प्रहरी काकर्यलय सुनसरीले जनाएको छ । आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । अहिले सम्म पनि आगलागि नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका स्थानीयवासी, प्रहरी र धरानका उपमहानगरपालिकाको २ वटा, इटहरीको १ वटा र दुहबीको १ वटा दमकलले प्रयास गरिरहेको..

ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

३१ जेष्ठ, काठमाण्डौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात हुन्छ..

कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो, मृत्यु हुनेको संख्या १८

३१ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ..

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौंः प्रचण्ड

३१ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेको भन्दै गर्व महशुस गर्नुभएको छ । प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई धन्यवादसमेत दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,..

कूटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन समर्थन र साथ रहन्छ: देउवा

३१ जेष्ठ, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पार्नुभयो । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम..

संविधान संशोधन विधेयक आज पारित हुँदै, सांसद गिरीले प्रस्ताव फिर्ता लिन्छिन् त !

३१ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । लिम्पियाधुरा,..