मुख्य समाचार
रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ
२७ जेष्ठ, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिजापती रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताउनुभयो । उहाँले हत्या किन र कसरी भएको..
आज थप ३१४ जना कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२ पुग्यो
२६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संक्रमित संख्या थपिएको दैनिक प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । आज थपएिका संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् । यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका..
ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट
२६ जेष्ठ, काठमाण्डौँ । मुलुक ७७ दिनयता लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण नै लकडाउनलाई मानेको सरकारले साढे २ महिनाको अविधिमा अवलम्बन गर्नुुपर्ने अन्य उपायको पर्याप्त खोजी नगर्दा सर्वसाधारण मानिसहरु रोगले भन्दा पनि भोक र अभावले छट्पटिन थालिसकेका छन् । सरकारले भनेको मानेर चैत ११ गतदेखि घरमा ढोका थुनेर बसेका कतिपय सर्वसाधारणको न घरमा खानेकुरा छ न हातमा पैसा ? कतिपयको रोजगारी समेत गुमेको छ आगामी दिनमा कसरी..
जसपाको अध्यक्ष बाबुराम नै हो, पार्टी दर्ता सजिलो बनाउनमात्रै चौथो नम्बरमा राखिएको होः महतो
२६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उहाँको नाम चौथो नम्मरमा रहेकाले उहाँको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उहाँ नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् । पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा. भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी..
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)
२५ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आज साँझ उक्त पार्टीका शीर्ष नेताहरू नै दल दर्ताको लागि आयोगको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । उक्त पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेछन् । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी..
अर्थमन्त्रीको नीतिले पार्टीको विचारधारा संकटमा पर्योः नवीना लामा
२५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजरको बैठकमा उहाँले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिनुभएको छ । मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भन्नुभयो, ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’..
थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो
२५ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा आज थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभयो । नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ..
सरकारको नीतिः लकडाउन कायम राख्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नेे
२५ जेष्ठ, काठमाण्डौँ । देशभर कोरोना भाईरस (कोभिड १९) का संक्रमितहरु बढिरहेको अवस्थामा सरकारले तत्काललाई लकडाउनलाई नै निरन्तरता दिँदै त्यसभित्र सहजता खोज्ने नीति अपनाउने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको ‘बन्दाबन्दी भित्रको सहजता’ मस्यौदामा समितिका सदस्य समेत रहेका मन्त्रीहरुले अध्ययन गरेर आइतबारसम्म परिमार्जन गर्नुपर्ने भएमा थप सुझावहरु पेश गर्नेछन् । समितिले तयार पारेको उक्त मस्यौदामाथि हिजो बसेको उच्चस्तरीय समितिमा छलफल भएपनि केही..
नेपालमा एकै दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या १३ पुग्यो
२४ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला छन् । उनीहरु दुवैको मृत्युपछि नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिनुभयो । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको २१..
विदेशबाट नेपाली ल्याउने चिन्ता छैन, सरकारले कार्पेट किन्न थाल्योः मिनेन्द्र रिजाल
२४ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ । छलफलमा सांसद दुर्गा पौडेल, डा. मीनेन्द्र रिजाल, प्रेम सुवाल, प्रदीप यादव,..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७