पार्टीका अन्य विवादले एकता कमजोर नहोस्ः प्रचण्ड

पार्टीका अन्य विवादले एकता कमजोर नहोस्ः प्रचण्ड

२८ असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ ।

आफ्नो गृह जिल्ला चितवनको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उहाँले भन्नुभयो,“ यसमा पनि तपाईहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उहाँले सुझाव दिनुभयो । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड थियो ।

अध्यक्षद्धय विचको दरारमा कमी आएनः


यता नेकपाका अध्यक्ष द्धय प्रचण्ड र प्रधानमन्त्री ओली विचको दरारले स्थायी कमिटीको बैठक अन्योलमा परेको छ । साउन २ गते बस्ने गरी स्थगित बैठक उक्त मितिमा पनि बस्छ भन्ने ग्यारेन्टी नदेखिएको हो ।

पार्टीभित्र देखिएका विवादका बारेमा दुई अध्यक्षबीच एकमुष्ठ सहमति खोजेर स्थायी कमिटी बैठकमा राख्ने गरी एक साताका लगि बैठक स्थगित गरिएको भए पनि यसबीच दुई अध्यक्षबीच छलफल नै हुन नसेकेका कारण घोषित मितिमा बैठक बस्नेमा आशंका बढेको हो ।

देशमा आएको बाढी पहिरोको कारण देखाउँदै बैठक स्थगित गरिएको भए पनि नेकपाका अधिकांश स्थायी कमिटी सदस्यहरु काठमाडौं मै छन् । बाढी पहिरोबाट पीडितको उद्धार तथा राहतमा खटिन नेकपा केन्द्रीय कार्यालयले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर