२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।
हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ । यो भनेको सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या धेरै रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको थियो ।
हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।
प्रवक्ता प्रा. डा. गौतमले दिनुुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा ४ जना, प्रदेश नं. २ मा २० जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश नं. ५ मा २ जना, कर्णाली प्रदेशमा २१ जना र सुुदुरपश्चिम प्रदेशमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसमम्म १६ हजार ८ सय एकजना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरि पाँचवटा जिल्लामा पाँचसय भन्दा बढी संक्रमितहरु रहेका छन ।