मुख्य समाचार
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
४ आश्विन, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मतीले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको जानकारी गराउँदै संविधान संशोधन सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो..
रुकुम हत्याकाण्ड भएको घटनास्थल पुग्यो प्रदेश–१ का दलित अधिकारकर्मीको टोली
४ आश्विन, रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्नेगरी भएको नरसंहारका पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन प्रदेश–१ का अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ । प्रदेश–१ का सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा (मोरङ्ग) र हरि पोख्रेल दर्जी (झापा) रहेका छन्..
हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित फेला
४ आश्विन, कास्की । गण्डकी प्रदेशमा विहिबार मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेका नयाँ संक्रतिम मध्ये दुई जना महिला र बाँकि ४५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय रामपुर पोखराले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ । जारी सुचना अनुसार हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुबाट मनाङ पुगेका कर्मचारीमा कोरोना पुष्टि भएको..
होम वायो ग्यास प्रविधिले धनकुटाका किसानहरुलाई दोहोरो फाइदा
४ आश्विन, धनकुटा । धनकुटानगरपालिका र यूएनडिपिको आर्थिक सहयोगमा तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगरका ४२ घरधुरी किसानलाई नगरपालिकाले होम वायो ग्यास प्रविधि वितरण गरेकोे छ । धनकुटानगरपालिकामा अहिले स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोहि कार्यक्रम अन्र्तगत कार्वन उत्सर्जन कम गरि वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि (होम वायो ग्यास प्रबिधि) २० लाख रुपैँयाको लागतमा ९५..
आज थपिए ३८० जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ६५९१ पुग्यो
२ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ३ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये महिला ४ सय ९९ र पुरुष ६ हजार ९२ छन् । संक्रमित संख्या बढिरहेकाले शतर्क हुन भनिएको छ । यसअघि हिजो संक्रमित संख्या ६ हजार नाघेको थियो । हिजो ४..
प्रधानमन्त्रीलाई काँग्रेसको १३ बुँदे ज्ञापनपत्रः कोरोना रोकथाममा गम्भीर बन्न आग्रह
२ आश्विन, काठमाण्डौँ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर..
प्रदेश–१ ले ल्यायो ४० अर्ब ८९ करोड ९९ लाखको बजेट
१ आश्विन, विराटनगर । प्रदेश–१ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तिय..
आज मात्र थपिए ४५१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ६ हजार २ सय ११
१ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । आज थप ४५१ संक्रमित थपिएसँगै संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिनुभयो । २४ घण्टामा थपिएको यो संख्या हालसम्मकै उच्च हो । कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४..
जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ– प्रधानमन्त्री ओली
१ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ । आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो..
पार्टीको ह्वीप समेत नमान्ने सांसद गिरीलाई साधारण सदस्य समेत नरहनेगरी कावाही गरिने
१ आश्विन, काठमाण्डौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको उच्च स्रोतले बतायो । स्रोतका अनुसार सांसद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको र पार्टीले त्यो फिर्ता लिन ह्वीप जारी गर्दा पनि उनले नमाने पछि उनलाई स्वतः कारवाहीमा हुने छ । अहिले पार्टी अधयक्ष..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७