नेकपा बैठकः छलफल भयो तर निर्णय हुन सकेन

२१ असार, काठमाण्डौँ । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आज भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । ‘उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे..

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ७८४ पुग्यो

२१ असार, काठमाण्डौँ । नेपालमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । आजसँगै लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो । नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका..

नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति

२० असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र ओलीले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ । प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त..

नयाँ आइजिपीको लागि दौडधुप सुरुः थापा र पालमध्ये कसले बाजी मार्ला ?

२० असार, काठमाण्डौँ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण अनिवार्य अवकास हुँदैछन् । र अबका प्रहरी प्रमुख को बन्ला भन्ने चासो बढेको छ । गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको हो । नेपाल प्रहरी..

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित

२० असार, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्काे बैठक असार २२ गतेका लागि..

प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँः प्रधानमन्त्री ओली

१९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिनुभएको छ । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । आज तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट..

नेपाल र चीनबीच सिमा विवाद छैन, दुई देशको सम्बन्धमाथि प्रहार गर्न खोजियोः राजदूत यान्छी

१६ असार, काठमाण्डौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्रलाई दिएको विशेष अन्तर्वार्तामा राजदूत यान्छीले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने आफ्नो विश्वास रहेको बताउनुभएको छ । चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई..

अहिले कायम ‘लकडाउन’लाई श्रावण ७ सम्म लम्ब्याउने सरकारको निर्णय

१६ असार, काठमाण्डौँ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । यो निर्णयअनुसार श्रावण ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् । निजी सवारीसाधन जोर विजोर..

राष्ट्रिय धान दिवसः कृषिको उत्पादकत्व वृद्धि गरेर नै अर्थतन्त्र उकास्न सकिन्छ– प्रधानमन्त्री ओली

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी..

सलह किरा र नेपालमा नियन्त्रणको प्रयास

१४ असार, काठमाण्डौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ । सर्लाहीमा पनि सलह देखिएको छ । सलह एक प्रकारको फट्याङ्गरा हो । यसले बालीको पात र फल खान्छ । ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ । यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने..