ओली–प्रचण्डबीच भेटवार्ता

ओली–प्रचण्डबीच भेटवार्ता


११ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ ।

नेकपाका अर्का अध्यक्षसमेत रहनसभएका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभएको थियो ।

भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर