१० दिनभित्र सांगठनिक एकता गरिसक्ने निर्णय सहित नेकपा सचिवालय बैठक सम्पन्न

६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय सहित आजको बैठकमा सम्पन्न भएको बताईएको छ । यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक..

काँग्रेस महाधिवेशनः देउवा सार्ने पक्षमा, पौडेल फाल्गुनमै गर्ने अडानमा

६ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको महाधिवेशन सर्ने निश्चित प्रायः छ । विधान अनुसार एक वर्ष सार्न सकिने व्यवस्थाको प्रयोग गरिसकेको काँग्रेसले अब संवैधानिक व्यवस्थाको प्रयोग गरी ६ महिना पछि सार्न सक्छ । फाल्गुनमा गर्ने भनिएको कांग्रेस महाधिवेशन ६ महिना पर सर्ने संकेत देखिन थालेको छ । सविधानमा हालको व्यवस्था अनुसार काँग्रेसले विशेष परिस्थिति देखाउँदै अर्काे वर्षको भाद्रसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष महाधिवेशन नहुने..

संविधान दिवसमा रेशम चौधरी रिहा नएपछि जसपाका नेताहरु निराश

५ असोज, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले संविधान दिवसका अवसरमा रेशम चौधरी रिहा हुने आशा गरेका थिए । तर असोज २ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि जसपाका नेताहरु निराश भए । हाल जेलमा रहेका चौधरीको रिहाइका लागि जसपा नेपालले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पहल गरेको थियो । परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारागार विभागबाट रेशम चौधरीको फाइलसमेत मगाएर अध्ययन गरेको स्रोत बताउँछ । फाइल अध्ययन गरेपछि भने रेशम..

ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल

५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपाले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर..

६ महिना पछि आन्तरिक उडान आजबाट शुरु

५ असोज, काठमाण्डौँ । कोरोना महामारीका कारण ६ महिना देखी रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ । पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्स लगायतले उडान शुरु गरेका छन् । उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको..

युएईलाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

४ असोज, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज मन्त्री भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । मन्त्री भट्टराईले महामारीको समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि..

नेकपा बैठकः मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीले विकल्पसहित प्रस्ताव ल्याउने

४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको बताईएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताउनुभयो । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको..

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

४ असोज, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरुभएको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी हुनुहुन्छ । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको..

नेकपा सचिवालय बैठक आज बस्दै, को को बन्लान नयाँ मन्त्री ?

४ असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको बताईएको छ । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो । एक सचिवालय..

कोरोना महामारीको समयमा पनि नेपालको अर्थतन्त्र सकारात्मक छः प्रधानमन्त्री ओली

३ असोज, झापा । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण विकासको गति..