मुख्य समाचार

सिन्धुपाल्चोकको लिदीगाउँलाई स्थानान्तरण गरिने
३१ श्रावण, सिन्धुपल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीगाउँलाई स्थानान्तरण गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको हो । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । शुत्रवार बिहान खसेको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने अन्य २७ जना बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए..

दुई दिनभित्र ल्याब संञ्चालनको अनुमति दिलाउने मुख्यमन्त्री राईको प्रतिबद्धता
३० श्रावण, झापा । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा बनेको ल्याबको आज निरीक्षण गर्नु हुँदै मुख्यमन्त्री राईले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । “जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”–मुख्यमन्त्री राईले भन्नुभयो, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ..

नेकपाको दुर्घटना टर्यो, कार्यदलले भोलीबाट काम सुरु गर्ने
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक भोली शनिबार बस्ने भएको छ । आज अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो । कार्यदल संयोजक..

सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए, ५ परिवार सम्पर्क विहिन
३० श्रावण, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहान पहिरो जादा १३ घर पुरिएको छ । पहिरो विहान ६ बजेको समयमा गएको थियो । पहिरोले थप केही घरहरू जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो । पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका..

थापागाउँमा प्रचण्डको ब्रिफिङ ‘ठोस प्रस्ताव आएको छैन ।’
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभएको थियो । त्यसमा..

बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा
२९ श्रावण, काठमाण्डौँ । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका हुन् । स्रोतका अनुसार सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठको सहभागीता छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको..

नेपालमा आज थपिए ५ सय २५ जना कोरोना संक्रमित
२९ श्रावण, काठमाण्डौँ । नेपालमा आज थप ५ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १०९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारमा खटिने..

ओली र प्रचण्डबीच चार घण्टा लामो छलफल, सहमतीको प्रयास जारी
२९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टादेखि जारी वार्ता सम्पन्न भएको हो । सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।..

गाेंगबु हत्याकाण्डः ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान
२७ श्रावण, काठमाण्डौँ । राजधानीको टोखा नगरपालिका–१० स्थित गाेंगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर..

डोटीमा घर भत्कदा एकै परिवारका ४ को मृत्यु, अन्य ४ जना घाईते
२७ श्रावण, डोटी । डोटीको आदर्श गाँउपालिका–१ खलगडामा घर भत्कदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षिय लोगे लुहारको घर पछाडीबाट खसेको पहिराले घर भत्किंदा उनकी ३५ वर्षीया श्रीमती विष्णा लुहार, ११ वर्षको छोरा पारस लुहार, ७ वर्षको छोरी शिरु लुहार र ४ वर्षकी छोरी जेनिशा लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिनुभयो ।..