चर्चामा तीन नेताः को बन्लान् अर्थमन्त्री ?

चर्चामा तीन नेताः को बन्लान् अर्थमन्त्री ?

१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद पुनगर्ठनको गृहकार्य जारी छ । नेताहरुबीच मापदण्डका विषयमा सहमति नजुट्दा भाद्र समसान्तमा नै गर्ने भनिएको मन्त्रिपरिषद पुनर्गठनले पार पाउन सकेको छैन ।

बिहीबारमात्रै सरकारले तत्कालिन अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नुभएसँगै मुलकको सम्पूर्ण अर्थतन्त्रको हिसाबकिताब राख्ने अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर अब कसले पाउला ? भन्ने चासो बढ्न पुगेको छ ।

राष्ट्यिसभा सदस्यको पदावधि सकिएसँगै गत भाद्र १९ गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएका खतिवडालाई त्यसको केही दिनमै प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको थियो । त्यसपछि धेरैले अर्थमन्त्रालयको जिम्मेवारी कि प्रधानमन्त्री आफैले राख्ने त कि अरौटो राज्यमन्त्री राखेर खतिवडाकै निर्देशनमा अर्थमन्त्रालय चल्छ कि भन्ने अड्कलवाजी गरेका थिए । त्यसैले उनलाई कतिपयले छाया अर्थमन्त्रीका रुपमा बुझ्न थालिसकेका थिए ।

तर, बिहीबारबाट त्यो सम्भावना टरेको छ । किनभने खतिवडा राजदूत हुने लगभग पक्का भैसकेकाले ओली नेतृत्वको सरकारले अर्थमन्त्रालयको जिम्मेवारी कुनै न कुनै नेतालाई दिनुपर्ने भएको छ । त्यतिमात्रै होइन खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको एक महिना नवित्दै राजदूत निय ु िक्तका लागि सरकारको सिफारिसमा पर्न सफल हुनुभएको छ ।

सरकार बनेको २ बर्ष ६ महिना युवराज खतिवडाले चलाएको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेताको खोजी हुँदा खासगरी अहिले नेकपाभित्र तीन जनाको चर्चा छ ।

अर्थमन्त्रालयको जिम्मेवारी पाउने चर्चा भएकाहरुमा नेकपाका उपाध्यक्ष वामदेव गौतमदेखि महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसमेत रहनुभएको छ ।

गौतम अर्थमन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने तयारीसहित राष्ट्रियसभाको सदस्य बन्नुभएको थियो । तर उहाँ राष्ट्रियसभाको सदस्य बनेलगत्तै सर्वाेच्मा मुद्दा परेको छ । जसको छिनोफानो भैसकेको छैन । तर उहाँले मन्त्री बन्न पाउने सर्वाेच्चले फैसला गरेपनि प्रधानमन्त्री ओलीले त्यती रुचाउँनुभएको छैन ।

त्यस्तै चर्चामा रहेका अर्का पात्र हुनुहुन्छ सुरेन्द्र पाण्डे । पूर्वअर्थमन्त्री समेत भईसक्नुभएका पाण्डे नेकपाभित्र अर्थतन्त्रबारे जानकार मानिनुहुन्छ । यति हुँदाहुँदै पनि पाण्डेप्रति प्रधानमन्त्री ओली त्यति सकारात्मक हुनुहुन्न । खतिवडाको २ बर्षे कार्यकाल सकिएका बेलामा नै पाण्डे अर्थमन्त्री बन्ने चर्चा चलेपनि उहाँप्रति प्रधानमन्त्री ओली सकारात्मक नहुँदा त्यसबेला उहाँको चर्चा त्यतिकै सेलाएको थियो । पाण्डे नेकपाको आन्तरिक राजनीतिक समिकरणमा बरिष्ठ नेता माधवकुमार नेपाल नजिक मानिनुहुन्छ ।

अब गौतम र पाण्डे दुवै ओलीको रुचाईमा नपरेको खण्डमा महासचिव समेत रहनुभएका विष्णु पौडेलको सम्भावना बढेको छ । तर पौडेल भने आफु सरकारमा जाने नजाने विषयमा मौन जस्तै हुनुहुन्छ । पार्टी विवाद उत्कर्षमा पुग्दा मिलाउने भूमिका खेलेका पौडेल ओलीका विश्वासपात्र नै मानिनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर